– डा. रवीन्द्र पाण्डे| दोस्रो लहरको कोरोना संक्रमणले छिट्टै निमोनिया गराउने भएको हुँदा यति बेला सबै अस्पतालमा चाँप बढेको छ | जसको कारण अस्पतालमा बेड पाउनु निकै कठिन भएको छ | पिसिआर पोजिटिभ आएका तथा अक्सिजनको मात्रा ९० बाट पनि घटेका व्यक्ति १ मिनेट पनि घरमा बस्नुहुँदैन | यस्तो अवस्थामा […]

काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत बिहीबार भएका खेलमा ललितपुर सिटी एफसी र काठमाडौँ रेजर्स विजयी भएका छन् । दशरथ रंगशालामा भएका दुवै खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई तथा काठमाडौँले विराटनगर सिटी एफसीलाई पराजित गरेका हुन् । ललितपुरले बुटवललाई १–० तथा काठमाडौँले विराटनगरलाई ५–४ गोलअन्तरले हराएको हुन् । जीतपछि ललितपुर प्लेअफमा […]

काठमाडौं । रमादान पर्वका अवसर पारेर कतार सरकारले १४ नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । कतारस्थित केन्द्रीय तथा अन्य कारागारमा विभिन्न आरोपमा सजाय भोगिरहेका उनीरुरुलाई आममाफी दिइएको दोहास्थित नेपाली दूतावासले जनाएको छ । आममाफी पाउनेको विवरण दूतावासले सार्वजनिक गरेको छैन । कतार सरकारले विभिन्न अवसर पारेर त्यहाँस्थित कारागारमा रहेका नेपालीलाई […]

काठमाडौं । कोरोनाको नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेको समयमा समेत धितोपत्र बजारमा शेयर कारोवार भने निरन्तर जारी छ । सोही क्रममा बिहीबार नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोवार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १२.४७ बिन्दुले ओरालो लागेर दुई हजार ६३७.१३ मा पुगेको छ […]

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०७६/७७ को सम्पत्ति विवरणसम्बन्धी प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेश गरेको छ । सम्पत्ति विवरणसम्बन्धी प्रतिवेदन बिहीबार केन्द्रका सचिव दिनेशकुमार घिमिरेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेश गरेका हुन् । भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सार्वजनिक पद धारण गरेका व्यक्तिले सम्पत्तिको स्रोत […]

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसल आगामी शनिबार दिउँसो २ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो । बैठक संघीय संसद् भवन, बानेश्वरमा बस्नेछ । बैठकमा २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाइएको प्रतिनिधिसभाको बैठक लगायत समसामयिक विषयमा छलफल […]

पोखरा । गण्डकी प्रदेश सभाको बैठक २७ वैशाखमा बस्ने भएको छ । बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २७ गते बिहान ११ बजे बैठक बस्ने निर्णय गरेको कार्यव्यवस्था परामर्श समिति सदस्य कुमार खड्काले जानकारी दिए । अब सोही दिन मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुनेछ । यसअघि बैठक राख्नेबारेमा सहमति जुट्न […]

काठमाडौं । नेपालमा थप ८९७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८९७० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३६८५८० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २७०७ जना संक्रमणमुक्त भएका छ । योसँगै कोरोना संक्रमणमुक्त हुनेको […]

काठमाडौं । न्यूनतम पारिश्रमिक वृद्धिबारे नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले आपसी सहमतिमा पारिश्रमिक तोक्न पाउने व्यवस्थामा हस्तक्षेप नगर्न सरकारसँग आग्रह गरेका छन् । सरकारले यही वैशाख २० गते राजपत्रमा सूचना प्रकाशन गरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिबारे गरेको निर्णयबाट उद्यमी–व्यवसायीहरूलाई मर्का परेको उल्लेख गर्दै […]

काठमाडौं । कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिर औषधि कालोबजारी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गोरखा घर भएका रफिक मियाँलाई महाराजगन्जबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । ६ थान रेम्डिसिभर १ लाख २० हजार रुपैयाँमा बिक्री गरिरहेका बेला महाशाखाको टोलीले मियाँलाई पक्राउ गरेको हो […]