काठमाडौं । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप चार जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट पर्वतका दुई जना, तनहुँका एक जना र कास्कीका एक जनाको मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४५ पुगेको छ ।

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन भएको बताएका छन् । शुक्रबार सामाजिक संजालमार्फत वरिष्ठ नेता नेपालले २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्ने आफूहरुको अडान कायमै रहेको बताएका […]

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले कोभिडविरुद्धको खोप खरिदमा भएको अनियमितताकाबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानबिनका लागि आग्रह गर्नु व्यर्थ हुने बताएका छन् । शुक्रबार सामाजिक संजालमार्फत थापाले आरोपितलाई नै छानबिन गर भन्नुको केही अर्थ नहुने बताएका हुन् । उनले संसदले यो अपराधको जरासम्म पुगेर छानबिन गर्ने दायित्व पुरा […]

बाँके । बाँकेमा कोरोना सङ्क्रमणबाट बिहीबार थप चार जनाको उपचारको क्रममा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई, कोहलपुरस्थित शिक्षण अस्पतालमा एक र एक जनाको उपचारपछि घर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार, भेरी अस्पतालमा वैशाख […]

काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनमा लागि आज उम्मेदवारी मनोनयन हुँदैछ । हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ । नेकपा एमालेको केपी ओली समूहमा प्रवेश गरेका रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि उनको बागमती प्रदेशमा […]

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा निर्माण गरिएको कोभिड–१९ विरुद्धको खोपलाई रुसमा नै बन्ने प्रसिद्ध हतियार कलाश्निकोभ राइफल जत्तिकै भरपर्दो भएको भनेर प्रशंसा गरेका छन् । उपप्रधानमन्त्री तात्याना गोलिकोभाका साथ गरिएको एक भिडिओ कन्फरेन्समा उनले त्यस्तो टिप्पणी गरेका हुन् । देशका स्वास्थ्य अधिकारीहरूले बिहीबार रुसमा निर्मित स्पुतनिक लाइट पनि भनिने स्पुतनिक […]

माल्दिभ्सका भूतपूर्व राष्ट्रपति मोहम्मद नाशिद राजधानी मालेमा भएको एउटा सन्दिग्ध बम हमलामा घाइते भएका छन्। उनी माल्दिभ्सको संसद्का बहालवाला सभामुख पनि हुन् । सत्ताधारी माल्दिभियन डेमोक्रेटिक पार्टीका समर्थकहरूले बताएअनुसार उनी आफ्नो घरबाहिर रहेको कारमा सवार हुन लाग्दा बिहीबार उक्त विस्फोट भएको थियो । माल्दिभ्सको प्रहरीले हम्मद नाशिदलाई विस्फोटनमा चोट लागेको […]

केशवप्रसाद भट्टराई । १. नेपालमा कुनै पनि सरकारलाई विपक्षी दलहरूले प्रहार गर्नु पर्यो भने त्यस्तो प्रहारको आरम्भ भारतबाट हुन्छ । सरकारलाई भारतसँग जोरेर त्यो शुरू हुन्छ ! सात साल पछिको मातृका सरकार भन्नोस्, १६ – १७ सालको वीपीको सरकार लिनोस वा अहिलेको ओली सरकार वा वीचका सरकारहरू ! सवैकुराको लागि […]

भारतमा कोरोना संक्रमणले दिनदिनै नयँ रेकर्ड बनाउँदै गएको छ । पछिल्लो २४ घण्टामा ४ लाख १४ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमित हुनेको यो संख्या अहिलेसम्मको सबैभन्दा धेरै हो । यसअघि बिहीबार ४ लाख १२ हजार ६१८ जनामा संक्रमण पुष्टि भएको थियो । १८ वैशाखमा भारतमा […]

काठमाडौं । बृहत् नागरिक आन्दोलनले कोरोना संक्रमणको दोस्रो लहरले धेरैको मृत्यु हुनका साथै जनजीवनमा गम्भीर प्रभाव पार्नुमा राज्यसंयन्त्रलाई युद्धस्तरमा तम्तयार गर्न अक्षम राजनीतिक नेतृत्व पूर्णतः दोषी रहेको ठहर गरेको छ । बिहीबार लिखित टिप्पणी सार्वजनिक गर्दै नागरिक आन्दोलनले यो विपद् सामना गर्ने तदारूकताका लागि सरकारलाई उत्तरदायीपूर्ण बनाउन अथवा उत्तरदायीपूर्ण सरकार […]