अमेरिकामा दुई करोड मानिसमा कोरोना सङ्क्रमण भइसकेको अनुमान

Spread the love

स्वास्थ्य अधिकारीहरूले अमेरिकामा कम्तीमा दुई करोड मानिसमा कोरोनाभाइरस सङ्क्रमण भइसकेको हुनसक्ने अनुमान गरेका छन् । सेन्टर्स फर डिजिजेज् कन्ट्रोल (सीडीसी)ले सङ्क्रमितको वास्तविक सङ्ख्या अहिले पुष्टि भएका सङ्क्रमणभन्दा १० गुणा बढी हुनसक्ने जनाएको छ ।

सङ्क्रमित र अस्पताल भर्ना हुनेहरूको सङ्ख्या बढेपछि टेक्सस राज्यले पूर्ण रूपमा खुला गर्ने आफ्नो योजनालाई स्थगित गरेकै बेला यस्तो कुरा बाहिर आएको हो । अमेरिकामा संसारकै सबैभन्दा बढी २४ लाख जनामा सङ्क्रमण देखिएको छ । त्यहाँ हालसम्म एक लाख २२ हजार ३ सय ७० जनाको ज्यान गइसकेको छ । केही दिनदेखि केही दक्षिणी र पश्चिमी राज्यहरूले सर्वाधिक सङ्क्रमण भएको विवरण सार्वजनिक गरिरहेका छन् । वाशिङ्गटन विश्वविद्यालयले आगामी अक्टोबर महिनासम्ममा १ लाख ८० हजारको मृत्यु हुने अनुमान गरेको छ ।

तर ९५ प्रतिशत अमेरिकीहरूले मास्क लगाए त्यो सङ्ख्या १ लाख ४६ हजार मात्र हुने उसको भनाइ छ । सीडीसीका निर्देशक डा. रोबर्ट रेडफिल्डले अहिले जति सङ्क्रमणहरू थाहा भएका छन् वास्तवमा ती हरेक सङ्क्रमणमा अन्य १० सङ्क्रमण भएका हुनसक्ने बताए । त्यसको कारण लक्षण देखिएकाहरूमा मात्र परीक्षण हुनु र अन्यमा नहुनु भएको उनले बताए ।

उनले भने, ‘हामीले अपनाएको विधिका आधारमा मार्च, अप्रिल र मे महिनामा हामीले सम्भवतस् महामारीको १० प्रतिशत मात्र पहिचान गर्न सक्यौँ होला।’ उनले पाँचदेखि आठ प्रतिशतसम्म जनसङ्ख्या भाइरसको सम्पर्कमा आइसकेको भन्दै अमेरिकीहरूलाई सामाजिक दूरी कामय गर्न, मास्क लगाउन र हात धुन आग्रह समेत गरे।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गण्डकी प्रदेशबाट थप ९ जना निको भई डिस्चार्ज

२०७७ असार १२, शुक्रबार ०२:५८
Spread the loveकाठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमण निको भई घर फर्किनेको संख्या १०१ पुगेको छ । गण्डकी स्वास्थ्य निर्देशनालयलका अनुसार निको भई घर फर्किनेको संख्या १०१ पुगेको हो । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७९२ पुगेको छ ।