इजरायल–प्यालेस्टिनी विद्रोहीबीच युद्धविराम

Spread the love

झन्डै अढाइ सय मानिसको ज्यान जाने गरी भएको ११ दिनको लडाइँ अन्त्य गर्दै इजरायल तथा गाजास्थित प्यालेस्टीनी विद्रोहीबीच भएको युद्धविराम लागु भएको छ । युद्धविराम स्थानीय समयानुसार शुक्रवार राति २ बजेबाट शुरु भएको छ । प्यालेस्टिनी विद्रोही तथा इजरायलको सुरक्षा क्याबिनेटले इजिप्टको मध्यस्थतामा गरिएको युद्धविरामप्रति स्वीकृति जनाएका छन् ।

गाजामा विजयोत्सव मनाउन गोली चलाइएका आवाज आएका छन्। तर इजरायलतर्फ रकेट प्रहार रोकिएको छ । इजिप्टले इजराल तथा गाजामा युद्धविराम पालना गराउन सुरक्षा प्रतिनिधिमण्डल पठाउँदैछ । हमासले पूर्वी जेरुसलेमबारे नखुलाइएका केही सहमति भएको बताएको छ। तर इजरायलले ती दाबी अस्वीकार गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले युद्धविरामको स्वागत गरेका छन् । यसले मध्येपूर्वमा प्रगतिका निम्ति अवसर दिएको उनले बताएका छन् । युद्धविराम लागु हुनुअगावै बोल्दै उनले इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग कुरा गरेको र लडाइँ अन्त्य गराएकोमा उनलाई बधाइ दिएको बताएका थिए । साथै बाइडनले युद्धविरामको मध्यस्थता गराएकोमा इजिप्टका राष्ट्रपति सीसीलाई पनि धन्यवाद दिएका छन् ।

अमेरिका गाजामा मानवीय कार्यहरूको समर्थन गर्न कटिबद्ध रहेको उनले बताए । ब्रिटेनका विदेशमन्त्री डोमिनिक राबले सबै पक्षलाई युद्धविराम स्थायी बनाउन आग्रह गरेका छन् ताकि सो क्षेत्रमा हिंसाको चक्र तोडियोस् ।

तर इजरायलमा कैयन् दक्षिणपन्थी राजनीतिज्ञहरूले युद्धविरामको निन्दा गरेका छन् । इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भनेका छन्, उनको देशको लक्ष्य हमास तथा अन्य प्यालेस्टिनी विद्रोही समूहहरूको क्षमतामा ह्रास ल्याइदिनुरहेको थियो र उक्त लक्ष्य प्राप्त भएको छ । तर त्यसको बदलामा चर्को मानवीय मूल्य तिर्नु परेको ठानिन्छ ।

विश्लेषकहरू भन्छन्, अब इजरायलीहरूले गाजामा गरिएका बमबारीले के अब साँच्चै आगामी दिनमा हमाससँग घातक सङ्घर्ष रोक्नेछ त भनेर प्रश्न गर्नेछन् । जबकि हमासले चाहिँ आफ्नो सङ्गठन जोगिएकोमा नै विजय मनाउनेछ ।

त्यस्तै प्यालेस्टिनी तथा उनीहरूका समर्थकहरूले चाहिँ यो भिडन्तसँगै प्यालेस्टीनी मुद्दाले फेरि एक पटक विश्वको ध्यान खिच्ने आशा गरेका छन् । युद्धविरामपछि इजरेलभित्रै दशकौँपश्चात् देखिएका यहुदी तथा अरब इजरेली समुदायबीचको तनाव मत्थर हुने इजरायलको आशा छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रपतिमाथि महाअभियोग लगाउन विवेकशील साझाको माग

२०७८ जेष्ठ ७, शुक्रबार ०८:५५
Spread the loveकाठमाडौं । विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानमाथि श्रृखलाबद्ध रूपमा भइरहेका प्रहारप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । शुक्रबार पार्टी प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गरी राष्ट्रपतिमाथि महाअभियोग र नयाँ सरकार बनाउन दलहरुलाई आग्रह गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘संविधानको रक्षा […]