काठमाडौं । प्रत्येक वर्ष मनाइने नाग पञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ । घरको मूल ढोकामा आज नागको चित्र टाँसेर पूजा गर्ने प्रचलन छ । घरका मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट […]

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले दिएको निर्देशन अनुसार आफूले काम गर्ने प्रतिवद्धता जनाएका छन् । बुधबार प्राधिकरणको कार्यालय पुगेर पदभार ग्रहण गरेका घिसिङले सरकारले दिएको निर्देशन अनुसार नेपालको ऊर्जा क्षेत्रको उचाइलाई अझै माथि उठाउने गरी काम गर्ने प्रतिवद्धता जनाएका हुन् । आमजनताको अपेक्षाको सम्मान […]

काठमाडौँ । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ । घिसिङलाई नियुक्त गरिएको पत्र मंगलबार आइपुगेको र आजै पत्र बुझेर पदबहाली गर्ने मन्त्रालयले जनाएको छ । घिसिङ कार्यकारी निर्देशकको […]

काठमाडौं । हुण्डीको कारोबार गरेको आरोपमा चार जनालाई प्रहरीले ९१ लाख ९६ हजार रूपैयाँ नगदसहित पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले चार जनालाई ९१ लाख ९६ हजार रूपैयाँ नगदसहित पक्राउ गरेको हो । उनीहरूलाई सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर २२ गणबहाल क्षेत्रबाट पक्राउ गरेको हो । काठमाडौं–१३ ताहाचाल […]

काठमाडौं । काठमाडौं उपत्यकामा भदौ आठ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले निषेधाज्ञा भदौ आठ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । कोरोना संक्रमणको जोखिम नघटेकाले निषेधाज्ञा थप गरिएको हो । अब साउन २८ गतेदेखि उपत्यकामा बेलुका ८ बजेपछि सवारीसाधन संचालनमा रोक […]

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्णरूपमा नष्ट भएका छन् । बेनी नगरपालिका–८ स्थित न्यूरोडमा अवस्थित रघुगङ्गा डेरी र नयन स्टोर्समा आजबिहान आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति भएको छैन । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र स्थानीयवासीका सहयोगमा आगो नियन्त्रणमा लिइएको छ […]

काठमाडौं । पूर्वसुरक्षाकर्मी परिषद नेपालले वेलायतमा अनसनमा बसेका पूर्व गोरखा सैनिकको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै माग पूरा गर्न वेलायत सरकारको ध्यानाकर्षण गराएको छ । परिषदका अध्यक्ष केवि राउतले विज्ञप्ति जारी गरी वीर गोर्खा फौजले जोगाएको भुगोलमा तिनै सैनिकहरु पीडित र विभेदको शिकार हुनुले गोर्खा सैनिकको मनोवल कमजोर भएको स्मरण गराएका छन् […]

काठमाडौं । पूर्वसुरक्षाकर्मी परिषद् नेपालले  दार्चुला घटनाको भत्र्सना गर्दै सत्य तथ्य बाहिर ल्याउन माग गरेको छ । परिषदका अध्यक्ष केवि राउतले विज्ञप्ति जारी गरी भारतीय सीमा सुरक्ष बल एसएसबीको ज्यादतीको सीमा नाघेको भन्दै दोषीलाई कारबाहीको माग गरेका हुन् । परिषद्ले घटनालाई मानवीय मूल्यमान्यतालाई ख्याल नगरी गरिएको पाशविक घटना भनेको छ […]

झापा । झापाको भद्रपुरबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । भद्रपुर–३ स्थित किच्चकबधबाट भारत पश्चिम बङ्गाल तोतापाडाका २८ वर्षीय श्रवण रायलाई शनिबार २१ दशमलव २६० ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । भारतबाट नेपालतर्फ शङ्कास्पद अवस्थामा आउँदै […]

काठमाडौं । नक्कली डिएसपी बनेर सुनका गरगहना लुटपाट गर्ने एक जना पक्राउ परेका छन् । वैदेशिक रोजगारीका क्रममा विदेश गएका कामदार प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली ल्याएका गहना लुटपाट गरेको आरोपमा प्रहरीले भक्तपुर चागुँनारायण–४ बस्ने ३५ वर्षीय सिताराम गुरूङलाई प्रहरीले पक्राउ गरेको हो । विदेशबाट नेपाल फर्किएका मानिस […]