काठमाडौं । काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखानामा आगलागी भएको छ । शनिबार बिहान २ बजेदेखि आगालागी भए पनि अहिलेसम्म आगालागी नियन्त्रणमा आइसकेको छैन । आगलागी नियन्त्रणमा लिनका लागि दमकल र हेलिकप्टरको प्रयोग गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । क्षेत्रफल ठूलो […]

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई)बाट प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवा भएका ९८ जनाको पदस्थापन भएको छ । साउन १४ गते बसेको गृहसचिव स्तरीय बैठकले ९८ जनालाई सईबाट इन्सपेक्टरमा बढुवा गरेको थियो । बुधबार बसेको प्रहरी महानिरीक्षकस्तरीय बैठकले उनीहरुको पदस्थापन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  

दार्चुला । जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुला पुगेको गृह मन्त्रालयको छानबिन समितिको टोली स्थलगत अध्ययनका लागि भारतीय बाटो हुँदै गस्कु मालघाट गएको छ । मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली बिहीबार बिहान भारतीय बाटो हुँदै स्थलगत अध्ययनको लागि गएको हो । जयसिंह धामी […]

बैतडी । जङ्गली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् । बुधबार राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा जङ्गली बँदेलका लागि छाडिएको बिजुलीको तारबाट करेन्ट लागेर […]

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्बाइएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा अनुगमनलाई कडा बनाउने निर्णयसमेत गरेका छन् । सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई जरिवाना गर्ने र भीडभाड गर्नेलाई […]

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न निर्देशन दिएका छन् । प्राधिकरणको कार्यकारी निर्देशक पदमा घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाले ऊर्जा,जलस्रोत तथा सिचाइँमन्त्री पम्फा भुसाललाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हाल प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य छन् । मंगलबार ऊर्जामन्त्री भुसालले […]

मेलम्ची । मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको एक घर बगाएको स्थानीयवासी नेत्र खड्काले जानकारी दिए । शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म […]

काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादी नेतृत्वको सरकारलाई मत दिएपछि एमालेले चार सांसदमाथि गरेको कारबाही सही भएको ठहर गरेको छ। सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले आफू आवद्ध संसदीय दलको निर्णयविपरीत फ्लोर क्रस गर्नु लोकतान्त्रिक पद्धति एवम् संस्कार र मान्यता अनुकूल […]

काठमाडौं । सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत प्राध्यापक डा. जागेश्वर गौतमलाई हटाएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. गौतमलाई उक्त स्थानबाट सोमबारदेखि लागु हुने गरी हटाएको प्रवक्ता प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुखमा गत जेठ १० गते नियुक्त […]

मेलम्ची । शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६० घर टहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ तथा मेलम्चीमा पाँच घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । उनका अनुसार गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर […]